काठमाडौं । एमएडब्ल्यू वृद्धिले नेपालभर चार्जिङ स्टेशन संख्या १०० वटा पुर्याएको छ । सीसीएस २ टाइप डीसी फास्ट चार्जर स्थापना गरेसँगै १०० वटा चार्जिङ स्टेशन पुगेको हो ।
कम्पनीले काठमाडौं, पोखरा, विराटनगर र चितवन जस्ता शहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता क्षेत्रहरूमा चार्जिङ स्टेशन सञ्चालन गरेको छ । कम्पनीका अनुसार ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) दुवै चार्जरहरू छन् ।
एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले यो केवल नम्बर नभएर नेपालको हरित भविष्यप्रतिको कम्पनीको प्रतिबद्धताको प्रतीक भएको बताए । १०० वटा स्टेशन पुगेको अवसरमा कम्पनीले केक काटेर मनाएको थियो ।
जहाँ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त, र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्ट लगायत अन्य व्यक्तिहरूको सहभागिता थियो ।