शीर्षकहरू

राष्ट्र बैंकको अनुरोध- 'अनलाइन बेटिङ, क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो, संलग्न भए कारबाही हुन्छ'

राष्ट्र बैंकको अनुरोध- 'अनलाइन बेटिङ, क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी हो, संलग्न भए कारबाही हुन्छ'

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी वा त्यस्तै प्रकारका गैर कानुनी कारोबारमा लगानी नगर्न आग्रह गरेको छ । बैंकले वित्तीय चेतनाका लािग सन्देश जारी गर्दै सो सम्बन्धि कारोबार गैरकानुनी भएकाले त्यस्ता कारोवार नर्गन आग्रह गरेको छ । साथै त्यस्ता कारोबार गर्नेलाई कानुनी कारवाही गरिने चेतावनी समेत दिएको छ । 

बैंकले नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकलाई यस्तो आग्रह गरेको हो । साथै दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यलय तथा एजेन्सिहरुले कुनै पनि भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डको कारोबार गर्ने गराइने गरेको पाइएमा कारबाही हुने उल्लेख गरेको छ ।

त्यस्तै, यस्ता कार्यमा संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धि कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

साथै राष्ट्र बैंकले इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, मोवाइल वालेट, बैंक वा वित्तीय संस्थामा रजिष्टर गरिएका इमेलका साथै, आफ्ना उपकरणमा राखिएका पासवर्ड/पिनकोड आदि समय समयमा परिवर्तन गर्न पनि अनुरोध गरेको छ । 

फेसबुक वा अन्य सामाजिक सञ्जालमार्फत चिनजान र सम्बन्ध स्थापित गरी उपहार पठाइदिने बहानामा तपाइको व्यक्तिगत विवरण, बैंक खाता नम्बर माग्ने, छिटो पैसा कमाउने तरिका सिकाउने जस्ता लिंक, म्यासेज एवम् विज्ञापनहरू ठगीको उद्देश्यले सञ्चालन गरिएका हुनाले त्यसमा विश्वास नगर्न पनि अनुरोध गरेको छ । 

त्यस्तै, तपाईलाई चिठ्ठा परेको वा उपहार पाउनु हुने भयो भन्ने लोभ लालच देखाई फोन गर्ने वा मेसेज पठाइ करवापतको रकम कुनै खातामा पठाउन लगाउने, कुनै लिंकमा लाइक गर्न वा शेयर गर्न लगाई ठगी गर्ने वित्तीय ठगहरूसँग सतर्क रहौं, नकिनेको चिठ्ठा कहिले पनि पर्दैन । राष्ट्र बैंकको सन्देशमा भनिएको छ ।