काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन सुनको मूल्य तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार सुन तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी ४५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी २ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।