शीर्षकहरू

स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले शुभकामना व्यक्त गरेकी छिन् ।

उनले शुभकामना संदेश मार्फत मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते भएको थियो ।