शीर्षकहरू

​​​​​​​अधिकांश निर्जीवन कम्पनीको नाफामा गिरावट आइरहेको बेला सानिमा जिआईसीको १६ प्रतिशतले बढ्यो

​​​​​​​अधिकांश निर्जीवन कम्पनीको नाफामा गिरावट आइरहेको बेला सानिमा जिआईसीको १६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । प्राय सबै जसो निर्जीवन बीमा कम्पनीको नाफामा गिरावट आइरहेको अवस्थामा पनि सानिमा जीआईसीको नाफा भने उल्लेख्य रुपमा बढेको हो । 

चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशत भन्दा बढी हो । गत आवको चैत मसान्तसम्म कम्पनीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यो अवधिका कम्पनीको व्यापार पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । चैत मसान्तसम्म कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले हालसम्म ३ अर्ब ४६ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको लगानी ३ अर्ब २० करोड रुपैयाँ थियो । पछिल्लो एक वर्षमा कम्पनीले दीर्घकालिन लगानी वृद्धि गरेको देखिन्छ । 

प्रति शेयर आम्दानी १५.५७ रुपैयाँ, पीई रेसियो ३७.५४ गुणा र प्रति शेयर नेट वर्थ १५८.३२ रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।