काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले पौने ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार चैत मसान्तसम्म ४ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
यो अवधिमा १४ वटा जीवन बीमक मध्ये १२ वटाको खुद नाफा वृद्धि भएको छ भने २ कम्पनीको नाफा घटेको देखिन्छ । नाफा वृद्धिमा सबैभन्दा अगाडि एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले गत आवको सोही अवधिको तुलनामा ५९.५३ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
यो अवधिमा कम्पनीले ३३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २० करोड ९८ लाख रुपैयाँ थियो ।
नाफा वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो र सूर्यज्योति लाइफ तेस्रो स्थानमा रहेका छन् । रिलायबलको नाफा ३६.८९ र सूर्यज्योतिको ३१.८९ प्रतिशतले वृद्धि भएको छ । रिलायबले यस अवधिमा ४६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३४ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यता, सूर्यज्योतिले चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसैगरी, मेटलाइफको नाफा २७.६३, सिटिजन लाइफको २७.१२ र एलआईसी नेपालको २२.६६ प्रतिशतले वृद्धि हुँदा सन नेपाल लाइफको नाफा ३३ र राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ३७ प्रतिशतले खुम्चिएको छ ।
धेरै नाफा आर्जन गर्नेमा नेपाल लाइफ अगाडि छ । नेपाल लाइफले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गर्दा हिमालयन लाइफले ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कुन कम्पनीको नाफा कति ?