काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार ह्वात्तै वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पोष मसान्तसम्ममा उक्त कोषको आकार ३१.९२ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको पौष मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा २१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आवको पौष मसान्तसम्म उक्त कोषमा १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सोल्भेन्सी रेसियो भने स्थिर रहेको छ । हाल सोल्भेन्सी रेसियो १.५७ गुणा रहेको छ ।
चालु आवको ६ महिनामा कम्पनीले करिब २७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २३ करोड १६ लाख रुपैयाँ रहेको थियो । अर्थात कम्पनीकाे खुद नाफा १९.२१ प्रतिशतले वृद्धि भएकाे छ ।
यो अवधिमा कम्पनीले १ लाख ६२ हजार २१५ वटा पोलिसि बिक्री गरेको छ । गत आवको सोही अवधिमा २ लाख ४५ हजार ५१८ वटा बिक्री गरेको थियो । हालसम्म कम्पनीले २४ अर्ब २८ करोड ४० लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत आवको सोही अवधिमा यस्तो लगानी २० अर्ब १२ करोड ९२ लाख रुपैयाँ थियो ।
हाल कम्पनीको प्रति शेयर आम्दानी ११.०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३६.३१ गुण, प्रति शेयर नेटवर्थ १०८.२६ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य ५६९.८५ रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया