शीर्षकहरू

पौने ६ करोडले बढ्यो हिमालयन रिको नाफा, यस्ता छन् अन्य सूचक

पौने ६ करोडले बढ्यो हिमालयन रिको नाफा, यस्ता छन् अन्य सूचक

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा पौने ६ करोड रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा ५ करोड ८२ लाख रूपैयाँले वृद्धि भएको हो । 

यो अवधिसम्म कम्पनीले करिब एक अर्ब नाफा आर्जन गरेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा कम्पनीको नाफा ६.२५ प्रतिशतले वृद्धि भएको हो ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रति शेयर नेटवर्थ १६१.२४ रुपैयाँ रहेको छ । पीई रेसियो ८०.७३ गुणा र ईपीएस १२.५३ रुपैयाँ रहेको छ । कम्पनीले १३ अर्ब ३ करोड ७९ लाख रुपैयाँ दिर्घकालीन लगानी गरेको छ भने ५ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ अल्पकालीन लगानी गरेको छ । कम्पनीले करिब ८० प्रतिशत लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा गरेको छ ।