शीर्षकहरू

कृषि बीमाका लागि २ अर्ब ३० करोड विनियोजन

कृषि बीमाका लागि २ अर्ब ३० करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि बीमाको अनुदान भुक्तानीका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै कृषि तथा पशुपक्षी बीमा अनुदानका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् । 

यस्तै उनले साना किसानलाई कृषि बीमाको पहुँचमा वृद्धि गर्ने पनि जनाएका छन् ।