शीर्षकहरू

लगानीकर्ताको मनोबल खस्किदा नेप्से तथा कारोबारमा निरन्तर गिरावट

लगानीकर्ताको मनोबल खस्किदा नेप्से तथा कारोबारमा निरन्तर गिरावट

काठमाडौं । शेयर लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारमा निरन्तर गिरावट देखिएको छ । बजेटपछिको पहिलो कारोबार दिन झिनो अंकले बढेको नेप्से त्यसपछि दुई कारोबार दिन दोहोरो अंकले घटेको छ । सूचक घट्दा कारोबारमा समेत खस्किएको छ । 

गभर्नर नियुक्ती तथा बजेटले समेत लगानीकर्ताहरुको मनोबल उकास्न नसक्दा बजारको रौनक हराएको छ । सरकारले बजार विकास तथा विस्तारका लागि नयाँ र ठोस कार्यक्रम दिन नसक्दा शेयर कारोबारमा कमी आइरहेको छ भने सूचकमा समेत निरन्तर गिरावट हो। 

मंगलबार ३५ अंक बढीले घटेको नेप्से बुधबार पनि घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ११.९७ अंक घटेर २६४६.९५ विन्दुमा झरेको छ । १८१ कम्पनीको शेयर मूल्य घट्दा सूचक दोहोरो अंकले घटेको हो । यस दिन ६६ कम्पनीको शेयर भाउ बढ्दा एउटाको स्थिर रहेको छ । 

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार साढे ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर पनि १ प्रतिशतभन्दा कम रहेको छ। 

ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ५.८१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा अरुण काबेली पावरको सबैभन्दा धेरै ३६ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । धेरै कारोबार भएका कम्पनीमा अरुण काबेली​​​​​​​ हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर छन् ।

null​​​​​​​