काठमाडौं । आज आइतबार सृुनको भाउ तोलाको ३ हजार रुपैयाँले घटेको छ । आज प्रतितोला छापावाल सुनको भाउ एक लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ ५ रूपैयाँले घटेर तोलाको २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।