काठमाडौं । एभरेष्ट कलरले निकट भविष्य निष्काशन हुने साधारण शेयर(आइपीओ)का लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ७,९०,००० कित्ता शेयरको लागि कम्पनीको तर्फबाट प्रबन्ध संचालक सरोज लुइटेल तथा प्रत्याभुतिकर्ताको तर्फबाट लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठबीच आज प्रत्याभुति सम्झौता गरेको छ ।
एभरेष्ट कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पु¥याई देशको सेवा गर्ने प्रमुख उद्देश्य लिएर संचालन भइरहेको कम्पनीलाई केयर रेटींङ्गस नेपाल लि.ले डबल बी माईनस रेटींङ्ग प्राप्त भएकोे छ ।