शीर्षकहरू

प्रिमियममा एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा पुग्यो हिमालयन बैंक

प्रिमियममा एफपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा पुग्यो हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने भएको छ । जसको अनुमतिका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले जेठ २३ गते थप कागजात सहित बोर्डमा आवेदन दिएको जनाइएको छ ।

बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २ सय ६१ रुपैयाँ बराबरको १६९ रुपैयाँ प्रतिकित्ताका दरले ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

एफपीओ निष्काशनको लागि बैंकले सिटिजन्स क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।