काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा १.६६ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्ष ४४ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष ४५ करोड २७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ३ लाख ९ हजार ८६३ वटा पोलिसि बिक्री गरेको छ । जसबाट ५ अर्ब ७० करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस अवधिमा कम्पनीले १ अर्ब ५ करोड बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ८६ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीको कुल खर्च पनि ह्वात्तै वृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब ८१ करोड रुपैयाँ कुल खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको छ ।
नाफा वृद्धि भएपनि कम्पनीको प्रति शेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १६.७७ रुपैयाँ रहेको प्रति शेयर आम्दानी गत वर्ष १५.४९ रुपैयाँमा झरेको छ । कम्पनीले ४ अर्ब ८४ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये दीर्घकालिन लगानी १ अर्ब ५३ करोड र अल्पकालीन लगानी ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
पीई रेसिया ४९.९५ गुणा, प्रति शेयर नेटवर्थ १९८.९७ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति ४७२.२५ रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज