शीर्षकहरू

३ महिनामा जीवन बीमाको व्यापार ५० अर्ब बढी, रिलायबलमा सक्रिय बीमित धेरै (सूचीसहित)

३ महिनामा जीवन बीमाको व्यापार ५० अर्ब बढी, रिलायबलमा सक्रिय बीमित धेरै (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा आधा खर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चालु आवको साउद देखि असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ५० अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

जसमध्ये २४ करोड ७४ लाख रुपैयाँ लघु जीवन बीमा कम्पनीहरूले संकलन गरेका हुन् ।चालु आवको साउन देखि असोज मसान्तसम्म सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अर्गस्थानमा रहेको छ । यो ३ महिनामा सो कम्पनीले १३ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६८ करोड र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४३ करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड बीमाशुल्क संकलन गर्दा सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

लघु बीमा कम्पनीहरुमा सबैभन्दा धेरै गार्डियन माइक्रोले ८ करोड ९२ लाख रुपैयाँ संकलन गर्दा क्रेष्ट माइक्रोले ८ करोड ६२ लाख र लिवर्टी माइक्रोले ७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

सक्रिय बीमालेखमा रिलायबल अगाडी 

सक्रिय रहेको बीमालेख संख्याको आधारमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी अगाडी रहेको छ । चालु आवको असोज मसान्तसम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २४ लाख ३२ हजार २८५ जना संक्रिय बीमित रहेका छन् भने नेपाल लाइफमा १६ लाख ७४ हजार ६८१ र नेशनल लाइफमा १३ लाख ५८ हजार ७९८ जना सक्रिय बीमित रहेका छन् । 

यसैगरी, सिटिजन लाइफमा ८ लाख २३ हजार, मेटलाइफमा ६ लाख ९५ हजार, एलआईसी नेपालमा ६ लाख ९२ हजार, सूर्यज्योतिमा ६ लाख ६१ हजार र राष्ट्रिय जीवन बीमा कम्पनीमा ५ लाख ९३ हजार सक्रिय बीमित रहेका छन् । 

लघु तर्फ गार्डियनमा १३ लाख १३ हजार, क्रेष्टमा ४ लाख ५८ हजार र लिवर्टीमा २ लाख ४३ हजार जना सक्रिय बीमित रहेका छन् ।

null