शीर्षकहरू

पहिलो त्रैमासमा निर्जीवन बीमाको व्यापार १३ अर्ब, ५ कम्पनी अर्ब क्लबमा(सूचीसहित)

जारी बीमालेखमा युनाइटेड अजोड अगाडि

पहिलो त्रैमासमा निर्जीवन बीमाको व्यापार १३ अर्ब, ५ कम्पनी अर्ब क्लबमा(सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले करिब १३ अर्ब रुपैयाँको व्यापार गरेको छन् । ४ लघु सहित १८ निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो ३ महिनामा १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् ।

जहाँ ५ कम्पनीले एक अर्ब रुपैयाँ भन्दा धेरैका दरले व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अर्ब रुपैयाँभन्दा धेरै व्यापार गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स रहेका छन् । 

जसमध्ये सबैभन्दा धेरै व्यापार सलिकोले गरेको छ । सलिकोले यो अवधिमा १ अर्ब ४९ करोड रुपैयाँको व्यापार गर्दा शिखरले १ अर्ब ३८ करोड ४६ लाख, सिद्धार्थ प्रिमियरले १ अब २२ करोड ४३ लाख, हिमालयन एभरेष्टले १ अर्ब १९ करोड ६६ लाख र एनएलजीले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ बढीको व्यापार गरेको छ । 

लघु तर्फ सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले ७ करोड ३ लाख रुपैयाँको व्यापार गर्दा प्रोटेक्टिभ माइक्रोले ६ करोड ९९ लाख, ट्रस्ट माइक्रोले ६ करोड ९५ लाख र स्टार माइक्रोले ५ करोड ८२ लाख रुपैयाँको व्यापार गरेको छ । 

जारी बीमालेखमा युनाइटेड अजोड अगाडि 

यो अवधिमा सबैभन्दा धेरै बीमालेख युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बिक्री गरेको छ । युनाइटेड अजोडले १ लाख २ हजार बढी बीमालेख बिक्री गर्दा शिखर इन्स्योरेन्सले ७९ हजार, हिमालयन एभरेष्टले ७३ हजार, नेको इन्स्योरेन्सल ७२ हजार र सिद्धार्थ प्रिमियरले ७० हजार बढी बीमालेख बिक्री गरेको छ ।

यो अवधिमा ठूला कम्पनीहरुले ६ लाख ८९ हजार वटा बीमालेख बिक्री गर्दा लघु कम्पनीहरुले ९१ हजार ६३१ वटा बीमालेख बिक्री गरेका छन् । लघु कम्पनीमध्ये सबैभन्दा धेरै प्रोटेक्टिभले २५ हजार वटा बीमालेख बिक्री गरेको छ । 

null