शीर्षकहरू

नेप्सेमा स्वस्तिक लघुवित्तको शेयर सूचीकृत, पहिलो कारोबारको कति पायो मूल्य रेन्ज ?

नेप्सेमा स्वस्तिक लघुवित्तको शेयर सूचीकृत, पहिलो कारोबारको कति पायो मूल्य रेन्ज ?

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वस्तिक लघुवित्तको शेयर सूचिकृत भएको छ ।  कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता शेयर सोमबार सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्मको रेन्ज तोकेको छ।

कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको थियो।