काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएकाे छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरेकाे हाे ।
जसमा १ लाख १८ हजार २६ जनाले आईपीओ पाएका छन् । कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २ सय ६० कित्ता साधारण सेयर निष्काशन गरेको थियो।
कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण पूरा गरी २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ। साथै ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया