काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सलाई साधारण शेय(आईपीओ) निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले उच्च अदालत पाटनको परमादेशअनुसार रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयरको निष्कासन कार्य अघि बढाउन’भनि दिएको आदेश अनुसार आइपीओ निष्कासनको अनुमति दिएको हो ।
२०८१ असार १२ मा आईपीओ निष्कासनका लागि बोर्डबाट स्वीकृति प्राप्त भए पनि विभिन्न प्रश्न उठेपछि रिलायन्स स्पिनिङ मिल्स परमादेश माग गर्दै उच्च अदालत पाटन पुगेको थियो । बोर्डले अनुमति दिएसँगै १ अर्ब ७० करोड पुँजी भएको रिलायन्स कम्पनीको सर्वसाधारण पनि शेयरधनी बन्ने भएका छन् ।
बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र लेख्दै ‘सम्मानित उच्च अदालत पाटनको परमादेशअनुसार रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयरको निष्कासन कार्य अघि बढाउन’ बनेको हो ।
बोर्डले दिएको पत्रमा भनिएको छ, ‘निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अगाडि बढाउनु हुन जानकारी गराइन्छ ।’
रिलायन्स स्पिनिङ मिल्स २०५४ सालमा स्थापित उद्योगले पछिल्लो समय सञ्चालनमा आएको उत्पादनमूदक उद्योग हो । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार २०८१÷८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको कम्पनीको वित्तीय विवरणमा उल्लख छ । जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।
वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ ।
रिलायन्सका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । यसले मुलुकको समग्र अर्थ प्रणालीमा आयात तथा निर्यातमा सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान दिने गरेको छ ।
रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ ९सीआईपी० बाट सम्मान गरेको थियो ।
आर्थिकन्यूज