काठमाडौं । हितेन्द्रदेव शाक्यलाई चार वर्षपछि सोमबार सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणमा पुनर्वहाली गर्न आदेश छ । आज न्यायाधीशद्धय नहकुल सुवेदी र श्रीकान्त पौडेललेको इजलाशले जल तथा उर्जा आयोग विशेषज्ञमा सरुवा गर्ने निर्णय बदर गरेको हो ।
सोमबार अदालतले शाक्यलाई पुनर्वहालीको आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेको छ । घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।
आर्थिकन्यूज