काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्बोच्च अदालतले प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाउने कुलमान घिसिङको निर्णय खारेज गर्दै पुनर्बहालीको लागि आदेश जारी गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्दै बुधबार बिहान प्राधिकरणमा पुगेर शाक्यलेपदबहाली गरेका हुन् ।
सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।


आर्थिकन्यूज