शीर्षकहरू

बीमाको दायरा ५० प्रतिशत नजिक

बीमाको दायरा ५० प्रतिशत नजिक

काठमाडौं । पछिल्लो समय बीमाको दायरा बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ४ महिनाको विवरण अनुसार बीमाको दायर ५० प्रतिशतको दिशातर्फ अघि बढेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार दायर ४९.४८ प्रतिशत पुगेको छ । जुन गत आवको सोही अवधिसम्म ४२.९२ प्रतिशत थियो । पछिल्लो समय म्यादी, लघु म्यादी र वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नेहरुको संख्या वृद्धिसँगै समग्र बीमाको दायरामा उछाल आएको हो ।

यस्तै चालु आवको ४ महिनामा जीवन र निर्जीवन बीमा कम्पनीको व्यापार पनि वृद्धि भएको छ । जीवन बीमाको व्यापार १८.६७ प्रतिशतले बढ्दा निर्जीवन बीमा कम्पनीको व्यापार १२.९३ प्रतिशतले बढेको हो । यस्तै, कुल सक्रिय जीवन बीमालेखको संख्या १६.३६ प्रतिशतले, कुल जारी बीमालेखको संख्या ३२.५४ प्रतिशतले, कुल निर्जीवन बीमालेखको संख्या ३.३४ प्रतिशतले वृद्धि भएको छ । 

म्यादी र लघु म्यादी बीमालेखको संख्या २७.५१ प्रतिशतले बढेको छ भने वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या १२.६७ प्रतिशतले बढेको छ।