शीर्षकहरू

बीमा प्राधिकरणको ११ करोडको दायित्व पुग्यो २ अर्ब ७० करोड, कति छ सम्पत्ति ?

बीमा प्राधिकरणको ११ करोडको दायित्व पुग्यो २ अर्ब ७० करोड, कति छ सम्पत्ति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको दायित्व करिब २५ गुणाले वृद्धि भएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार भुक्तान गर्नुपर्ने दायित्व २४.८८ गुणाले वृद्धि भएको हो । 

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्राधिकरणको कुल दायित्व १० करोड ८८ लाख रुपैयाँ मात्र थियो । तर, गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो दायित्व बढेर २ अर्ब ७० करोड ८५ लाख रुपैयाँ पुगेको हो ।

प्राधिकरणको सम्पत्ति भने सामान्य रुपमा वृद्धि भएको छ । अघिल्लो आवमा १० अर्ब ५ करोड ८४ लाख रुपैयाँ रहेको कुल सम्पत्ति गत आवको अन्त्यतिर १३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ पुगेको हो । जहाँ अमूर्त सम्पत्ति १ अर्ब ६ करोड ७२ लाख रुपैयाँको रहेको छ भने १ अर्ब ७५ करोड ३२ लाख रुपैयाँको उपकरण रहेको छ । अघिल्लो वर्ष १ अर्ब ३२ करोड २१ लाख रुपैयाँको उपकरण थियो । 

यसैगरी, गत वर्षको अन्त्यसम्म निर्माणाधीन सम्पत्ति ६ करोड ५८ लाख रुपैयाँको रहेको छ भने स्थगन कर सम्पत्ति १ करोड १५ लाख, ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको लगानी, २६ करोड १४ लाख रुपैयाँको ऋण तथा सापटीहरु, ८ लाख रुपैयाँ बराबर स्टक, ६९ करोड ५८ लाख रुपैयाँ बराबर अन्य सम्पत्ति, २ अर्ब ५६ करोड २६ लाख रुपैयाँ बराबरको अन्य वित्तीय सम्पत्ति र १ अर्ब ७९ करोड २ लाख रुपैयाँ बराबरको नगद तथा नगद समान रहेको विवरणमा उल्लेख छ । 

दायित्व तर्फ व्यवस्थाहरू अन्तर्गत २ अर्ब ६७ करोड ८२ लाख, चालु कर दायित्व १ करोड २ लाख, अन्य वित्तीय दायित्व १ करोड ७८ लाख र अन्य दायित्व २२ लाख रुपैयाँ रहेको जनाइएको छ । अघिल्लो वर्ष व्यवस्थाहरू अन्तर्गत ४ करोड ११ लाख रुपैयाँ मात्रै थियो । यसैगरी, चालु कर दायित्व ३ करोड ८४ लाख अन्य वित्तीय दायित्व १ करोड ११ लाख र अन्य दायित्व १ करोड ८० लाख रुपैयाँ थियो ।

null