शीर्षकहरू

आईएमई लाइफ ताहाचल शाखाद्वारा 'एमडीआरटी' दिल माया राई सम्मानित

आईएमई लाइफ ताहाचल शाखाद्वारा 'एमडीआरटी' दिल माया राई सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीकाे ताहाचल शाखाले आफ्नो शाखामा आबद्ध अभिकर्ता दिल माया राईलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि एमडीआरटी (Million Dollar Round Table) २०२६ हासिल गर्न सफल भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।

दिल माया राई पेशागत रूपमा काठमाण्डौं मोडल अस्पतालमा नर्सिङ सेवामा संलग्न रहँदै मानव सेवा र स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएकी छन्। नियमित नर्सिङ पेसासँगै उनले बीमा व्यवसायलाई पनि जिम्मेवारी पूर्वक अघि बढाउँदै छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्न सफल भएकी हुन्। व्यस्त पेशागत जीवनका बाबजुद पनि उनले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सकेकी हुन्।

सम्मान कार्यक्रममा शाखा प्रमुख तथा प्रदेश प्रमुखले दोसल्ला, सम्मान पत्र तथा बधाईसहित उहाँलाई सम्मान प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै शाखा प्रमुख गिरिराज पोख्रेलले राईको उपलब्धिले सम्पूर्ण शाखा परिवारलाई गौरवान्वित बनाएको उल्लेख गर्दै स्वास्थ्य सेवा र बीमा क्षेत्र दुवैमा उदाहरणीय भूमिका निर्वाह गरेको बताए।

सम्मानित भएपछि प्रतिक्रिया दिँदै उनले आफूलाई यो सफलतासम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण बीमित, शाखा प्रदेश प्रमुख, सहकर्मी तथा परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार, सेवामुखी र व्यवसायीक ढंगले बीमा व्यवसायमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। ताहाचल शाखाले भविष्यमा पनि स्वास्थ्य, शिक्षा तथा अन्य पेशामा संलग्न रहेर बीमा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई प्रोत्साहन र सम्मान गर्दै जाने जनाएको छ।