काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको गोंगबु शाखाका वरिष्ठ बीमा अभिकर्ता खगेन्द्र बहादुर खड्का एमडीआरटी २०२६ बन्न सफल भएका छन् ।
उक्त अवसरमा शाखाले एमडीआरटी खड्कालाई सम्मान गरेको छ । आईएमई लाइफका बागमती प्रदेश प्रमुख आदरणीय सीपी भट्टराईको उपस्थितिमा खड्कालाई औपचारिक रूपमा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै शाखाका प्रमुख हिमाल सिवाकोटिले खगेन्द्र बहादुर खड्काको यो उपलब्धि गोंगबु ब्रान्चका लागि खर्वको विषय भएको बताए । यस्तै उनले खड्काको निरन्तर मेहनत, अनुशासन र पेशेवर प्रतिबद्धताले आज यो सफलता सम्भव भएको बताउँदै यस्तो उपलब्धिले हाम्रो टोलीलाई अझ उच्च लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिएको उल्लेख गरे ।
त्यसैगरी खगेन्द्र बहादुर खड्काले एमडीआरटी बन्न पाउँदा अत्यन्तै गर्व लागेको बताए । 'यो सम्मान मेरो मात्र नभई मेरो टोली, नेतृत्व र आईएमई लाइफ परिवारको साझा सफलता हो। म आगामी दिनहरूमा अझ जिम्मेवार र समर्पित भएर ग्राहक सेवामा लागिरहने छु।' उनले भने ।
आर्थिकन्यूज