शीर्षकहरू

आइएमई लाइफमा ढकाल दाजुभाइको २२.६२ प्रतिशत स्वामित्व, मिन बहादुर पाँचाै ठूला शेयरधनी

आइएमई लाइफमा ढकाल दाजुभाइको २२.६२ प्रतिशत स्वामित्व, मिन बहादुर पाँचाै ठूला शेयरधनी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व रहेका शेयरधनीको संख्या १८ रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक  वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनअनुसार आईएमई ग्रुप परिवारको स्वामित्व उच्च रहेको छ ।

कम्पनीमा चन्द्र ढकाल दाजुभाइको मात्रै २२.६२ प्रतिशत स्वामित्व रहेको छ । चन्द्र ढकालको ११.३१ र हेमराज ढकालको पनि ११.३१ प्रतिशत स्वामित्व रहेको छ । उनीहरुको समान ५६ लाख ५६ हजार २५० कित्ता शेयर रहेको छ । यसैगरी, ग्लोबल आइएमई बैंकको १० र आइएमई लिमिटेडको स्वामित्व ३ प्रतिशत रहेको छ । अर्थात् आइएमई ग्रुप परिवारको स्वामित्व ३५ प्रतिशत भन्दा धेरै रहेको छ । 

ग्लोबल आइएमई बैंकको ५० लाख कित्ता र आइएमई लिमिटेडको १५ लाख कित्ता शेयर रहेको छ । कम्पनीको पाँचाै ठूलो शेयरधनीको रुपमा मीन बहादुर गुरुङ रहेका छन् । उनको २.३३ प्रतिशत स्वामित्व तथा ११ लाख ६२ हजार ५०० कित्ता शेयर रहेको छ । नव राज नेपाल र एशियन डिस्ट्रीबुटर्स प्रालिको १.७५/१.७५ प्रतिशत स्वामित्व तथा समान ८ लाख ७५ हजार कित्ता शेयर, विष्णु कुमार अग्रवालको ७ लाख ५० हजार कित्ता शेयर तथा १.५० प्रतिशत स्वामित्व र डीडी इन्भेस्टमेन्ट प्रालिको ७ लाख २३ हजार कित्ता शेयर तथा १.४५ प्रतिशत स्वामित्व रहेको छ । 

यसैगरी, एक्रोस मनी ट्रान्सफरको १.४४ प्रतिशत तथा ७ लाख २१ हजार ८७५ कित्ता शेयर, कल्यान गुरुङ र सावित्री गुरुङको १.३४/१.३४ प्रतिशत स्वामित्व तथा समान ६ लाख ६८ हजार ७५० कित्ता शेयर, सन्दिप अग्रवालको ६ लाख २० हजार कित्ता शेयर तथा १.२५ प्रतिशत स्वामित्व, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको २.२४ प्रतिशत स्वामित्व तथा ६ लाख २० हजार ५५० कित्ता शेयर, जीवन कुमारी अर्याल पौडेलको स्वामित्व १.२३ प्रतिशत तथा ६ लाख १५ हजार कित्ता शेयर रहेको छ । 

यसैगरी, निमिश इन्भेस्टमेन्ट प्रालिको १.२२ प्रतिशत स्वामित्व तथा ६ लाख १० हजार ५५० कित्ता शेयर र सुरज कुमार श्रेष्ठ र कमल पौडेलको समान १/१ प्रतिशत स्वामित्व तथा ५ लाख कित्ता शेयर रहेको छ ।

५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा १५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसको प्रति शेयर आम्दानी १२.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ३३.५६ प्रतिशत रहेको छ । कुल सम्पत्ति प्रति शेयर ४४३.२४ रुपैयाँ रहेको छ । चालु आवको ३ महिनामा मात्रै कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँको बिजनेश गरेको थियो । 

कम्पनीले लगानीकर्ताहरुमा पनि उच्च लाभांश वितरण गर्दै आएको छ । गत आवको संचित मुनाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश दिएको कम्पनीले अघिल्लो आवमा २१.०५ प्रतिशत नगद वितरण गरेको थियो । २०७९/०८० मा भने २५ प्रतिशत बोनस शेयर वितरण गरेर १.३२ प्रतिशत नगद वितरण गरेको थियो । चुक्ता पूँजी वृद्धिको लागि पनि सो बर्ष कम्पनीले बोनसमा जोड दिएको थियो । 

कम्पनीमा हाल प्रमुख कार्यकारी अधिकृतको रुपमा पवन खड्का रहेका छन् भने सञ्चालक समितिको अध्यक्ष भने राम हरि अर्याल रहेका छन् । 

null