शीर्षकहरू

सन नेपालले गर्यो एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा, २० प्रतिशत लाभांश पारित

सन नेपालले गर्यो एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा, २० प्रतिशत लाभांश पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकसाथ दुई वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आठौँ तथा नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभा अमृत भोग केटरर्स प्रालि, कालिकास्थान, काठमाडाैँ सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आर्थिक बर्ष २०८०/८१ तथा आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन पारित भएको छ ।

उक्त साधारण सभाबाट २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ५ अर्ब ३ करोडको ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको थियो । उक्त साधारण सभामा संचालक किरण केसीबाट धन्यवाद ज्ञापन गरिएको थियो । सभा कम्पनी सचिव विनोद शर्मा पौडेलले संचालन गरेका थिए ।