शीर्षकहरू

एलआईसीमा २० प्रतिशत शेयर रहेको विशाल ग्रुप परिवारको सूर्यज्योतिमा २७ प्रतिशत बढी, यी हुन् ठूला शेयरधनी

एलआईसीमा २० प्रतिशत शेयर रहेको विशाल ग्रुप परिवारको सूर्यज्योतिमा २७ प्रतिशत बढी, यी हुन् ठूला शेयरधनी

काठमाडौं । विशाल ग्रुप परिवार सदस्यहरूले जीवन बीमा कम्पनीहरूमा लगानी वृद्धि गरिरहेका छन् । उक्त ग्रुपका सदस्यहरूले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा लगानी वृद्धि गर्दै छन् ।

लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)मा विशाल ग्रुप र ग्रुपका सदस्यहरूको शेयर २० प्रतिशत भन्दा धेरै रहेको छ । जहाँ ग्रुपको नाममा १७.३२ र ग्रुप परिवारका सदस्य जगदीश प्रसाद अग्रवालको १.९२ प्रतिशत रहेको छ । अन्य सदस्यहरूको पनि शेयर सो कम्पनीमा रहेको छ । 

एलआईसीमा उक्त मात्रामा शेयर होल्ड गरेको उक्त ग्रुपका परिवारले सूर्यज्योति लाइफमा पनि २७ प्रतिशत बढी शेयर होल्ड गरिसकेका छन् । जहाँ अर्पित अग्रवाल, अशोक कुमार अग्रवाल, निकुञ्ज अग्रवाल, उशा अग्रवाल, त्रिलोक चन्द्र अग्रवाल लगायतको परिवार सदस्य र उनीहरुको नाममा खुलेका कम्पनीहरूको नाममा २७ प्रतिशत बढी शेयर रहेको छ । यसका साथै परिवारका सदस्यहरूले कम्पनीमा स्वामित्व वृद्धि पनि गर्दै गएका छन् ।

जहाँ सबैभन्दा धेरै स्वामित्व नितेश अग्रवालको रहेको छ । उनको शेयर स्वामित्व ५.५९ प्रतिशत छ, जुन अघिल्लो वर्ष ५.०७ प्रतिशत थियो । उशा अग्रवालको ५.०२ प्रतिशत रहेको छ भने अर्पित अग्रवालको ४.५९ प्रतिशत छ । अघिल्लो वर्ष अर्पितको स्वामित्व ४.१३ प्रतिशत थियो । 

युनाइटेड इन्भेस्टमेन्ट प्रालिको ३.८०, त्रिलोक चन्द्र अग्रवालको ३.६५ र निकुञ्ज अग्रवालको ३.६३ प्रतिशत स्वामित्व रहेको छ । अघिल्लो वर्ष त्रिलोकको ३.३१ र निकुञ्जको ३.२६ प्रतिशत थियो । 

कम्पनीमा एनआईसी एशियन बैंकले भने स्वामित्व घटाएको छ । बैंकले २.४७ प्रतिशतबाट स्वामित्व घटाएर १.७८ प्रतिशत कायम गरेको छ । कम्पनीमा सिटी एक्सप्रेस मनि ट्रान्सफरको स्वामित्व १.०२, शिरिश मुरारकाको १.०५ रहेको छ । 

null