काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स गठ्ठाघरमा छोरीहरुले बुबाको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । छोरीहरु सुनिता माया बल र सबिना माया बलले आफ्ना बुबादुर्गा बहादुर बललाई जन्मदिनको अवसरमा बीमा पोलिसि उपहार दिएका हुन् ।
यो उपहार केवल जन्मदिनको शुभकामनामा सीमित नरही बुबाको सुरक्षित भविष्य प्रतिको छोरीहरूको दूरदर्शी सोच, आर्थिक सचेतना र पारिवारिक जिम्मेवारीको प्रतीक बनेको छ । आजको समय सन्दर्भमा बिमा पोलिसीलाई उपहारको रूपमा ग्रहण गर्नु दीर्घकालीन सुरक्षा, जोखिम व्यवस्थापन तथा पारिवारिक संरक्षणतर्फको महत्वपूर्ण कदम मानिन्छ।
कम्पनीका गठ्ठाघर शाखामा यस्ता सकारात्मक तथा प्रेरणादायी कार्यहरू शाखाका सिनियर एजेन्सी म्यानेजर परम कुमार राईको पहल र नेतृत्वमा निरन्तर रूपमा हुँदै आएका छन्, जसले समाजमा बिमा र वित्तीय सुरक्षाप्रतिको चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।
यस प्रकारका पहलहरूले बीमा प्रतिको बुझाइ अझ मजबुत बनाउने विश्वास लिइएको छ।
आर्थिकन्यूज