शीर्षकहरू

शहर केन्द्रित निर्जीवन बीमक, गाउँ-गाउँमा जीवनको व्यापार

शहर केन्द्रित निर्जीवन बीमक, गाउँ-गाउँमा जीवनको व्यापार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरू शहर केन्द्रित भएका छन् । कम्पनीहरूले आफ्नो अधिकांश व्यापार शहरमा नै गरेका छन् । यता, जीवन बीमा कम्पनीहरू भने गाउँ गाउँमा पुगेर व्यापार गर्ने गरेको पाइएको छ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले निर्जीवनको तुलनामा जीवन बीमकहरु गाउँमा गएर व्यापार गर्ने गर्दछन् । चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीहरूले गरेको व्यापारको तथ्यांकलाई अध्ययन गर्दा पनि यस्तो देखिन्छ । 

निर्जीवन बीमा कम्पनीहरूको करिब ७० प्रतिशत व्यापार बागमती प्रदेशमा छ । यो देशको राजधानी भएको प्रदेश हो । जहाँ काठमाडौं, ललितपुर, भक्तपुर, प्रदेश राजधानी हेटौँडा, चितवन जस्ता शहर छन् । कम्पनीहरूले यीनै शहरी क्षेत्रमा फोकस भएर व्यापार गरेको देखिन्छ । 

यसैगरी, लुम्बिनी प्रदेशबाट ८.६० प्रतिशत व्यापार गर्दा कोशीबाट ८.३५ प्रतिशत व्यापार गरेका छन् । मधेशबाट ६.४२, गण्डकीमा ५.०१ र सुदुरपश्चिममा २.४१ प्रतिशत व्यापार गरेका छन् । 

कर्णालीमा भने कम्पनीहरुको व्यापार एकदम न्यून रहेको छ । यस प्रदेशमा ०.९५ प्रतिशत व्यापार गरेका छन् । 

nullदुर्गम तथा गाउँमा निर्जीवन बीमाको व्यापार सामान्यतया कम नै हुने जानकारहरु बताउँछन् । 'गाउँमा निर्जीवनको प्रोडक्ट नै कम हुन्छ, ’उनले भने, 'निर्जीवनको मुख्य व्यापार सम्पत्ति, मोटर लगायतको हो । गाउँ तथा दुर्गममा यो पोडक्टको बीमा एकदम न्यून हुन्छ ।’ उनका अनुसार गाउँमा कृषि बीमा हुने गर्दछ । यस प्रोडक्टको बीमा दायरा बढाउन उनले सुझाव दिए । 

यसैगरी, मेडिकल सम्बन्धी बीमा, दुर्घटना बीमा पोलिसि गाउँका लागि पनि उपयुक्त भएतापनि सो पोलिसि गाउँमा बिक्री गर्न नसकिएको एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बताउँछन् ।  

null

गाउँमा पनि केन्द्रित छन् जीवन बीमक

निर्जीवनको तुलनामा जीवन बीमक गाउँमा केन्द्रित भएको पाइन्छ । बागमती प्रदेशमा ४४.१३ प्रतिशत व्यापार गरेका जीवन बीमकले लुम्बिनीमा १५.६८ प्रतिशत व्यापार गरेका छन् । 

यसैगरी, कोशीमा ११.९३, गण्डकीमा १०.२१, मधेशमा ९, सुदुरपश्चिममा ६ र कर्णालीमा ३ प्रतिशत व्यापार गरेका छन् । ​​​​​​

nullजीवन बीमकले मानिसको जीवनको बीमा गर्ने भएकाले गाउँका मानिसको बीमा गर्दा निर्जीवनको तुलनामा जीवन गाउँमा पनि केन्द्रित भएको हो। 'गाउँमा पनि मानिस बस्छन्, शहरमा पनि बस्छन् । गाउँमा र शहरमा बस्नेका लागि एउटै पोलिसि हुन्छ । त्यो पोलिसि शहरका मानिसले पनि खरिद गर्न सक्ने र गाउँकाले पनि खरिद गर्न सक्छन्,’ ति जानकारले भने । 

त्यसो भए शहरको भन्दा गाउँमा जीवन बीमाको व्यापार किन न्यून छ भन्ने प्रश्नमा उनले भने, 'मानिसको जनसंख्या नै शहरमा धेरै छ । पहिलो कारण यही हो । दोस्रो कारण शहरका मानिसलाई बीमाबारे जसरी बुझाउन सकिएको छ त्यसरी गाउँमा बुझाउन सकिएको छैन ।’

null