काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा लगानी गर्ने ठूला शेयरधनीको संख्या १७ रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार १ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व होल्ड गरेका लगानीकर्ताको संख्या १७ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै स्वामित्व सिलिन्को होल्डीङ्स पीएलसी, श्रीलंकाकाे ११.४३ प्रतिशत रहेको छ । कम्पनीमा उक्त श्रीलंकाली कम्पनीको २९ लाख ९७ हजार ४५८ कित्ता शेयर रहेको छ । यसैगरी, यो बीमा कम्पनीमा दुई वटा बैंकको पनि लगानी रहेको छ । जहाँ लुम्बिनी विकास बैंकको स्वामित्व ४.२२ र लक्ष्मी सनराइज बैंकको स्वामित्व ३.३० प्रतिशत रहेको छ । लुम्बिनीको ११ लाख ८ हजार कित्ता शेयर तथा लक्ष्मी सनराइजको ८ लाख ६४ हजार कित्ता शेयर रहेको छ ।
कम्पनीको दोस्रो ठूलो शेयरधनीको रुपमा लुम्बिनी विकास बैंक छ भने पाँचौ ठूलो शेयरधनीको रुपमा लक्ष्मी सनराईज छ । यसैगरी, साल्ट ट्रेडिङ कोरपोरेशन कम्पनीको चौथो ठूलो शेयरधनी रहेको छ । साल्ट ट्रेडिङले ३.३७ प्रतिशत स्वामित्व तथा ९ लाख ११ हजार कित्ता शेयर होल्ड गरेको छ । तेस्रो ठूलो शेयरधनी रहेका मनोहर दास मुलले १० लाख ८४ हजार ७४९ कित्ता शेयर होल्ड गरेका छन् । जोसँग कम्पनीको ४.१४ प्रतिशत स्वामित्व रहेको छ । उनी कम्पनीको अध्यक्ष समेत हुन् ।
त्यसैगरी, दिव्य मणी राजभण्डारीले ३.१९ प्रतिशत स्वामित्व तथा ८ लाख ३६ हजार ३१४ कित्ता शेयर, ओभरसिज ट्रेडिङ कम्पनी प्रालिले १.५७ प्रतिशत तथा ४ लाख ११ हजार ४२१ कित्ता शेयर, सुरज वैद्य र शंकर घिमिरेले समान १.५३ प्रतिशत स्वामित्व तथा ४ लाख ७७६ कित्ता शेयर, नरेन्द्र कुमार अग्रवालले १.४० प्रतिशत तथा ३ लाख ६६ हजार कित्ता शेयर, चिन्तामणि भट्टराईले १.३४ प्रतिशत तथा ३ लाख ५० हजार कित्ता शेयर, सञ्जय गोल्छाले १.२० प्रतिशत स्वामित्व तथा ३ लाख २९ हजार ४३५ कित्ता शेयर र बाजुरत्न एण्ड कम्पनीले १.१२ प्रतिशत स्वामित्व होल्ड गरेको छ ।

यस्तै, हिमाल एण्ड कम्पनीले १.१२, ज्योति एण्ड कम्पनीले १.१२, अरुण राज श्रेष्ठले १.०१ र बिरेन्द्र बज्रचार्यले १ प्रतिशत स्वामित्व होल्ड गरेका छन् । अरुण राज हाल कम्पनीकपो सञ्चालक समितिको सदस्यको रुपमा रहेका छन् ।
अघिल्लावर्ष ठूला शेयरधनीमा गनिएका अशोक कुमार तोडी र राम कृष्ण मानन्धरले गत वर्ष भने ठूला शेयरधनीको सूचीबाट बाहिरिएका छन् । उनीहरुले हालको शेयर स्वामित्व क्रमशः ०.८७ र ०.७० प्रतिशत रहेको छ ।
साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेको हो । यस कम्पनी नेपालको निर्जीवन बीमा कम्पनीहरूमध्ये टप कम्पनीको रुपमा गनिएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा नै २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा चंकी क्षेत्री रहेका छन् ।
आर्थिकन्यूज