शीर्षकहरू

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद घाटा पौन १८ करोड

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद घाटा पौन १८ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद घाटा पौने १८ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा खुद घाटा १७ करोड ८५ लाख ५२ हजार रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

गत आवको ६ महिनामा कम्पनीले २२ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो । 
यस अवधिमा कम्पनीले १ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ, जहाँ ६ हजार ६४८ वटा दाबी भुक्तानी दिएको छ । गत आवको सोही अवधिमा १ अर्ब ५४ करोड १७ लाख रुपैयाँ संकलन गरेको थियो ।

चालु आवको पौष मसान्तसम्म कम्पनीले करिब ८ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये २ अर्ब ६९ करोड रुपैयाँ दीर्घकालिन लगानी र ५ अर्ब २४ करोड रुपैयाँ अल्पकालीन लगानी रहेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको थियो ।

कम्पनीको सल्भेन्सी मार्जिन रेसियो ३८५.६० प्रतिशत, प्रति शेयर आम्दानी १२.७२ रूपैयाँले ऋणात्मक, प्रति शेयर नेट वर्थ २४१.३५ रुपैयाँ र प्रति शेयर सम्पत्ति मूल्य ७५९.९० रुपैयाँ रहेको छ ।