शीर्षकहरू

वन डढेलो नियन्त्रणमा संलग्नका लागि २४.९५ करोडको बीमा

वन डढेलो नियन्त्रणमा संलग्नका लागि २४.९५ करोडको बीमा

काठमाडौं। रेड कार्यान्वयन केन्द्रले कर्मचारीहरुको करिब २५ लाख करोड रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरेको छ । केन्द्रले चालु वर्षका लागि सामुदायिक वन, साझेदारी वन, कवुलियती वन तथा मध्यवर्ती वनका सबै उपभोक्तासहित सरकारी वन कर्मचारी, अग्नि नियन्त्रक र करारका वन हेरालुहरूलाई समेट्दै वन डढेलोसँग सम्बन्धित सामूहिक दुर्घटना बीमा व्यवस्था गरेको हो।

केन्द्रका अनुसार वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका क्रममा जोखिममा पर्ने वन उपभोक्ता र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राखी यो बीमा कार्यक्रम लागू गरिएको हो । केन्द्रले सानिमा जिआईसी बीमा कम्पनीसँग २४ करोड ९५ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा सम्झौता गरेको हो। 

बीमाले वन डढेलोजस्ता उच्च जोखिमयुक्त परिस्थितिमा कार्यरत जनशक्तिलाई आर्थिक सुरक्षाको आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

वन क्षेत्रमा वार्षिक रूपमा दोहोरिने डढेलोका कारण मानवीय, सामाजिक र वातावरणीय क्षति हुने गरेको सन्दर्भमा यस प्रकारको बीमा व्यवस्थाले जोखिम न्यूनीकरण तथा आपतकालीन सुरक्षामा सहयोग पु¥याउने विश्वास गरिएको केन्द्रले जनाएको छ ।