शीर्षकहरू

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यससँगै कम्पनीले शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने भएको हो । घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा नाफा आर्जन गर्दै शेयरधनीलाई प्रतिफल उपलब्ध गराउँदै आएको छ । यसपटक पनि बोनस शेयरमार्फत पूँजी वृद्धि गर्दै नगद लाभांशसमेत दिने निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ ।