काठमाडौंं । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासमा ५ वटा निर्जीवन बीमा कम्पनीले घाटा व्योहोरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ कम्पनीले घाटा व्योहोरेको देखिएको छ ।
जहाँ ९ कम्पनीले भने खुद नाफा आर्जन गरेका छन् । नाफा आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी(आरबीसीएल) अगाडी रहेको छ । यस कम्पनीले पछिल्लो ६ महिनामा १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले १६ करोड २२ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड २४ लाख, नेशनल इन्स्योरेन्सले ६ करोड १० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ करोड ७३ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्सले १ करोड १० लाख, नेको इन्स्योरेन्सले १ करोड ७ लाख र नेपाल इन्स्योरेन्सले ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको विवरणमा देखिएको छ ।
यी ५ कम्पनी घाटामा
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीले खुद घाटा व्योहोरेको छ ।
आईजीआईले १८ करोड ११ लाख, सिद्धार्थ प्रिमियरले १७ करोड ८५ लाख, यूनाइटेड अजोडले १० करोड ६६ लाख, सानिमा जीआईसीले ९ करोड ५९ लाख र शिखरले ४ करोड ४७ लाख रुपैयाँ खुद घाटा व्याहोरेको हो ।
४ कम्पनीको ईपीएस १ रुपैयाँ भन्दा माथि
१ रुपैयाँ वा सो भन्दा धेरै प्रति शेयर आम्दानी (ईपीएस) मात्र ४ कम्पनीको रहेको छ । राष्ट्रिय बीमा कम्पनी, प्रभु, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ईपीएस १ रुपैयाँ भन्दा धेरै रहेको छ ।
जहाँ राष्ट्रिय बीमा कम्पनीको ६६.४८ रुपैयाँ, प्रभुको १४.४०, सगरमाथा लुम्बिनीको २.२८ र हिमालयन एभरेष्टको १.२६ रुपैयाँ रहेको छ । अन्य १० कम्पनीको ईपीएस १ रुपैयाँ भन्दा कम छ । ५ कम्पनीको ईपीएस ऋणात्मक रहेको छ ।

आर्थिकन्यूज