शीर्षकहरू

नेशनल लाइफको खुद नाफा बढ्यो, करिब १ खर्बको बन्यो महाविपत्ति कोष

नेशनल लाइफको खुद नाफा बढ्यो, करिब १ खर्बको बन्यो महाविपत्ति कोष

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दाेस्राे त्रैमासमा नेशनल लाइफ इन्स्यारेन्सको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दाेस्राे त्रैमासको वित्तीय विवरण अनुसार नाफामा २.७५ प्रतिशतको वृद्धि भएको हो। 

गत आवको ६ महिनामा कम्पनीले २७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा यस्तो नाफा २८ करोड ६८ लाख रुपैयाँमा पुगेको छ । नाफासँगै कम्पनीको महाविपत्ति कोष पनि वृद्धि भएको छ । गत आवको पाैष मसान्तसम्म ७० करोड ७५ लाख रुपैयाँ रहेको यस कोषमा चालु आवको सोही अवधिमा ७३ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

यसैगरी कम्पनीकाे जीवन बीमा कोषमा एक खर्ब रूपैयाँ पुग्न लागेकाे छ । ७७ अर्ब ९५ करोड ८ लाखबाट बढेर ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँको बनेको छ । 

पछिल्लो ६ महिनामा कम्पनीले २ लाख २ हजार ९५५ जनाको बीमा गरेको छ। गत वर्षको सोही अवधिमा २ लाख ६६ हजार ६८९ जनाको बीमा गरिएको थियो । हल कम्पनीको सक्रिय बीमितको संख्या १४ लाख ६१ हजार ५०८ जना रहेका छन् । कम्पनीले हालसम्म ८० अर्ब ५८ कराेड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ ।  

प्रति शेयर आम्दानी १०.२८ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२७.६४ रुपैयाँ, पीई रेसियो ५६.१३ गुणा र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ९३७.३५ रुपैयाँ रहेको छ ।