काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार खुद नाफा ४.९४ प्रतिशतले वृद्धि भएको हो ।
यस अवधिमा कम्पनीले ६४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ६१ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
खुद नाफासँगै कम्पनीको महाविपत्ति कोषको आकार र रिटेन्ड अर्निङ पनि वृद्धि भएको छ । गत वर्षको पौष मसान्तसम्म १९ करोड ८० लाख रुपैयाँ रहेको महाविपत्ति कोषमा यस वर्षको सोही अवधिसम्म आइपुग्दा २३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । यसैगरी, रिटेन्ड अर्निङ पनि ८२ करोड ७६ लाखबाट १ अर्ब १९ करोड १५ लाख पुगेको छ ।
कम्पनीको कुल सम्पत्ति २५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कुल सम्पत्ति प्रति शेयर मूल्य २३५.०३ रुपैयाँ रहेको छ । प्रति शेयर आम्दानी ११.९२ रुपैयाँ, पीई रेसियो ७०.५४ गुणा र प्रति शेयर नेटवर्थ १५७.०२ रुपैयाँ रहेको छ ।
कम्पनीले हालसम्म १७ अर्ब ७४ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको छ । गत वर्षको पौष मसान्तसम्म १९ अर्ब ५० करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेको थियो ।
आर्थिकन्यूज