शीर्षकहरू

७ महिनामा निर्जीवन बीमाको व्यापार २८ अर्ब २७ करोड, कुन कम्पनीको कति ? (सूचीसहित)

७ महिनामा निर्जीवन बीमाको व्यापार २८ अर्ब २७ करोड, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन् । यस अवधिमा १४ ठूला निर्जीवन बीमा कम्पनी र ४ लघु बीमा कम्पनी सहित १८ कम्पनीले उक्त मात्रामा व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले ३ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ बराबरको व्यापार गर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९८ करोड ९६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ८३ करोड ९३ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

धेरै पोलिसि जारी गर्नेमा युनाइटेड अजोड अगाडि 

यस अवधिमा सबैभन्दा धेरै बीमा पोलिसि बिक्री गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स अगाडि रहेको छ । जसले चालु आवको साउनदेखि माघ मसान्तसम्ममा २ लाख ४० हजार ६५० वटा बीमा पोलिसि बिक्री गरेको छ । 

त्यसैगरी, हिमालयन एभरेष्टले १ लाख ८८ हजार २५५ वटा बिक्री गर्दा शिखर इन्स्योरेन्सले १ लाख ८१ हजार ८२३ वटा, नेको इन्स्योरेन्सले १ लाख ७० हजार ५८१ वटा, सिद्धार्थ प्रिमियरले १ लाख ५९ हजार १५३ वटा र सलिकोले १ लाख ५४ हजार ८ वटा बीमा पोलिसि बिक्री गरेको छ । 

माइक्रोमा प्रोटेक्टीभ अगाडि 

यस अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरूले ७३ करोड ६२ लाख रुपैयाँ संकलन गरेका छन् ।

जसमध्ये प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै २० करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा नेपाल माइक्रोले १९ करोड २८ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १७ करोड ९३ लाख र स्टार माइक्रोले १६ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

। null