शीर्षकहरू

भुजुङ हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, सेयर कारोबार आइतबारबाट सुरु

भुजुङ हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, सेयर कारोबार आइतबारबाट सुरु

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ हाइड्रोपावर लिमिटेडको आईपीओ आज, बिहीबार, सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारी र संस्थापक सेयरधनीका लागि वितरण गरेको कुल १ करोड कित्ता सेयर नेप्सेमा सूचीबद्ध गरिएको हो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम मूल्य रु. ९०.०४ देखि अधिकतम रु. २७०.१२ को ओपनिङ रेञ्ज तय गरेको छ। कम्पनीको सेयर अब BJHL सिम्बल अन्तर्गत कारोबार हुनेछ।

सूचीकरणपछि यी सेयरहरू चैत्र ८ गते आइतबारदेखि नेप्सेमा खरिद–बिक्री गर्न सकिने छ।