एजेन्सी । बिहारमा नयाँ मुख्यमन्त्रीको नाम आज घोषणा हुने भएको छ। पहिलो पटक बीजेपीबाट मुख्यमन्त्री बन्ने तयारी भइरहेको छ। आज दिउँसो २ बजे बीजेपी विधायक दलको बैठक बस्नेछ। बैठकमा मुख्यमन्त्रीको नाम चयन गरिनेछ। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान पर्यवेक्षकका रूपमा पटना पुग्दैछन्।
प्रमुख दावेदारहरूमा सम्राट चौधरी (उपमुख्यमन्त्री) कुशवाहा समुदायबाट आएका छन् । त्यस्तै, नीतीश कुमारले पनि उनको नाम सिफारिस गरेको बताइएको छ। पछिल्लो समय सबैभन्दा बलियो दावेदार मानिएका छन्।
निशा सिंह (प्राणपुर विधायक) कुशवाहा समुदायकी महिला नेतृ हुन । महिला नेतृत्वलाई अघि सार्ने सम्भावित विकल्प रहेको छ । त्यस्तै, प्रमोद चन्द्रवंशी (मन्त्री) अति पिछडिएको वर्गबाट रहेका छन् । विद्यार्थी परिषदमार्फत राजनीतिमा प्रवेश, हाल सहकारिता तथा वन–पर्यावरण मन्त्रालयका मन्त्री रहेका छन् ।
सञ्जीव चौरसिया (दीघा विधायक) लगातार तेस्रो पटक विजयी भएका छन् । संघसँग पुरानो सम्बन्ध, अति पिछडिएको वर्गलाई प्रतिनिधित्व गर्छन । जनक राम (अनुसूचित जाति) रविदास समुदायबाट रहेका छन् । अनुसूचित जाति समूहलाई सन्देश दिने उद्देश्यले नाम चर्चामा छन् ।
आर्थिकन्यूज
प्रतिक्रिया