शीर्षकहरू

हकप्रद बिक्री गर्न आँखुखोला जलविद्युतलाई बोर्डको अनुमति

हकप्रद बिक्री गर्न आँखुखोला जलविद्युतलाई बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई अनुमति प्रदान गरेको छ । असार १९ गते बोर्डले कम्पनीलाई उक्त हकप्रद शेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो । 

यस कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । 

शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।