काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३२ मा रहेको ग्लोबल पब्लिक स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) परिक्षामा उत्कृष्ठ नम्बर ल्याएर उत्तीर्ण गर्ने विद्यार्थीलाई आज विधाई गरेको छ ।
२०८० सालकोे एसइइ परिक्षामा देशैभरीबाट १८६ जनाले मात्र ४ जीपीए ल्याएर पास भएकोमा ग्लोबल पब्लिक स्कुलबाट ६ जनाले जीपीए ४ ल्याउन सफल भएको विद्यालयका प्रधानअध्यापक मात्रिका कार्कीले जानकारी दिए ।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा सहभागी भएका विद्यार्थीका अभिभावकहरुलाई समेत सम्मान गर्दै विधाई गरिएको थियो ।
यस वर्षको एसइइमा ग्लोबल पब्लिक स्कुलबाट ५६ जनाले भाग लिएका सबैजना उत्तिर्ण भएको विद्यालयका प्रधानअध्यापक कार्कीले बताए । उनका अनुसार ६ जनाले ४ जीपीए ल्याएर पास गर्न सफल भएका छन् । त्यस्तै, ३.६देखि ४ जीपीए ४० जना, ३.२देखि ३.६ जीपीए १४ र ३ देखि ३.२ अंक ल्याएर २ जना पास भएका छन् ।