शीर्षकहरू

तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुनको कति ?

तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुनको कति ?

काठमाडौं । शुक्रबार तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेका छन् । प्रभू बैंक, प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स र आशा लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएका हुन् ।

प्रभु बैंकले विभिन्न १० शेयरधनीले संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएकोमा कुल ३ लाख ३३ हजार ७९८ शेयर बिक्री गर्न लागिएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेको छ ।

यस्तै आशा लघुवित्तले एक हजार ८४० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

उल्लेखित कम्पनीहरूको शेयर खरिदका लागि संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र रीत पुर्‍याइ निवेदन दिनसक्नेछन् । उक्त समयभित्र बिक्री नभएको शेयर सर्वसाधारणले खरिद गर्नसक्ने गरी पुन: बिक्रीमा ल्याइने छ ।