शीर्षकहरू

सूर्यज्योति लाइफको १०.२६ प्रतिशत बोनस शेयर दुई महिनामा वितरण

सूर्यज्योति लाइफको १०.२६ प्रतिशत बोनस शेयर दुई महिनामा वितरण

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको लाभांश वितरण कार्य सम्पन्न गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

गत वैशाखमै २४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले असार १७ गते १० दशमलव २६ प्रतिशत बोनस शेयर दोस्रो बजारमा सूचीकृत गरी सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले यस वर्ष कम्पनीको लाभांश प्राप्त गरेका हुन् ।

वार्षिक साधारण सभा सम्पन्न गरेको दुई महिनाभित्रै बोनस शेयर वितरण गर्न समेत कम्पनी सफल भएको छ । कम्पनीले ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा यस वर्ष कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गरेको हो । ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनस मार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनस शेयर विरतणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रूपैयाँभन्दा बढी कायम भएको छ ।