शीर्षकहरू

चालु खर्च मोटाउँदा विकास खर्च आधा मात्रै

संकलन भएन लक्ष्यअनुसार राजस्व

चालु खर्च मोटाउँदा विकास खर्च आधा मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन पनि निरन्तर जस्तो उदेगलाग्दो देखिएको छ । चालु आवमा १७ खर्ब ५१ अर्ब बजेट ल्याइएकोमा असार २० गतेसम्म ७३.५९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । जसमा विकास खर्चको अवस्था दयनीय देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार बिहीबारसम्म १२ खर्ब ८८ अर्ब बजेट खर्च भएको छ । जसमा चालुतर्फ ९ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब २८ अर्ब बजेट खर्च भएको छ ।

विकास खर्च भने सदाझै यस वर्ष पनि निराशाजनक देखिएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म ५०.१ प्रतिशत अर्थात् १ खर्ब ५१ अर्ब मात्रै खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन गरेको थियो ।

यस्तै चालु आर्थिक वर्षमा राजस्व संकलनमा पनि सरकार असफल देखिएको छ । यस आर्थिक वर्षमा कुल १४ खर्ब ७२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारको रहे पनि बिहीबारसम्म ९ खर्ब ८५ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ ।