काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । मंगलबार सुन तोलामा हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ रहेकोमा आज एकै दिन २ हजार १०० ले सुनको मूल्य बढेको हो । यसअघि सुनको मूल्य गत साउन २१ गते एक लाख ५० हजार रुपैयाँसम्म पुगेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।