शीर्षकहरू

स्थानीयसँग विवाद भएपछि बालेन शाहका समर्थक वसन्तपुरबाट प्रहरी नियन्त्रणमा

स्थानीयसँग विवाद भएपछि बालेन शाहका समर्थक वसन्तपुरबाट प्रहरी नियन्त्रणमा
तस्वीर : नवीन क्षेत्री

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो भएको टिसर्ट लगाएका समर्थकहरूलाई वसन्तपुरबाट नियन्त्रणमा लिएको छ ।  स्थानीयसँग विवाद भएपछि उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ ।

वसन्तपुरमा जारी इन्द्रजात्रामा आज विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत उच्चपदस्थहरू सहभागी हुँदैछन् ।

यसै क्रममा काठमाडौंका मेयर शाहको नाम र फोटोअंकित टिसर्ट लगाएका उनका समर्थकहरू पनि वसन्तपुर पुगेका थिए । सोक्रममा स्थानीयसँग उनीहरूको विवाद भएपछि झडप हुने स्थिति नआ‌ओस् भनेर नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।