शीर्षकहरू

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निर्वाचन सम्बन्धी मुद्दा खारेज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निर्वाचन सम्बन्धी मुद्दा खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा स्थगितको माग गर्दै सर्वोच्चमा दायर भएको मुद्दा खारेज भएको छ । गत चैत २० गते तय भएको वार्षिक साधारण सभा स्थगित गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सो साधारण सभा स्थगितको माग गर्दै शेयर धनी तथा आगामी कार्यकालको लागि संचालक समिति सदस्यका प्रत्यासी रोल्पाका  चक्रबहादुर थापाले दायर गरेको रिटमा सर्वोच्चले बुधबार रिट खारेज गरेको हो । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत २० गते मङ्गलवार ३७औं वार्षिक साधारण सभा बोलाएको थियो  । संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको थियो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयर धनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ साल पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन ।