शीर्षकहरू

सूर्यदर्शन सहकारीको रकम हिनामिना : अनुसन्धानका लागि डीएसपी तिवारीलाई थप खटाइयो

सूर्यदर्शन सहकारीको रकम हिनामिना : अनुसन्धानका लागि डीएसपी तिवारीलाई थप खटाइयो

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिना काण्डको अनुसन्धान गर्न खटिएको प्रहरी टोलीमा एक जना सदस्य थपिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीमा पोखरा बसिसकेका डिएसपी सुन्दर तिवारीलाई थप खटाइएको छ । टोलीमा पहिलेदेखि दुई जना थिए । ती दुवै जना हाल उपत्यका प्रहरी प्रमुख एआइजी किरण बज्राचार्यको पालामा अनुसन्धानमा सहजीकरणका लागि पोखरा महानगरपालिकासङ्ग समन्वय गर्ने हिसाबले  खटिएका थिए । 

टोलीले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलगायत संलग्न रहेको भनिएको सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुध्दिकरणबारे थप अध्ययन,अनुसन्धान र नयाँ कोणबाट विश्लेषण गरिरहेको बताइन्छ ।

यसैबीच गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने,उपाध्यक्ष छवि जोशीलगायतलाई आज पनि म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा पेश गरिँदै छ । लामिछानेलाई पहिलो पटक असोज ४ गते छ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । 

त्यसपछि सात दिनको म्याद थपिएका उनलाई गत मंगलबार १० दिन हिरासतमा राख्न भनियो । उक्त १० दिनको म्याद सकिएकाले पुनः म्याद थपको निम्ति आज अदालतमा पेश गर्न लागिएको हो । कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका उनी सोही रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् ।