काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीइओ) पदका लागि आवेदन दिएका कुनै पनि उम्मेदवार योग्य नभएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
कम्पनीले गत असोज १६ गते आव्हान गरेको सीइओको पदमा आवेदन दिएका कुनै पनि उम्मेदवारल उक्त पदका लागि आवश्यक पर्ने नम्बर नल्याएकाले राष्ट्रिय बीमा कम्पनी सिफारिस समितिले सीइओका लागि कुनै पनि व्यक्ति सिफारिस गर्न नसकेको सूचनामा उल्लेख छ ।